सनराइज बैंक लिमिटेडको साइकल ¥याली सम्पन्न

काठमाडौं आश्विन २१ २०७४ । सनराइज बैंक लिमिटेडले आफ्नो दशौ वार्षिकोत्सवको उपलक्ष्यमा साइकल ¥याली कार्यक्रम आयोजना गरेको छ । “You and Us, Together for Environment“ भन्ने मुल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधारा बाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा बैंकका संचालक समितिका संचालकहरु डा भोगेन्द्र गँुरागाई , ई.बच्छराज तातेड, श्री ज्योति कुमार बेगानी, श्री दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यबाट संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गर्नुभएको थियो । बैंकद्वारा आयोजित उक्त ¥यालीमा नायब महाप्रबन्धकहरु श्री आशा राणा अधिकारी, श्री अपछ कुमार यादब साथै बैंकका कर्मचारीहरु एवं अन्य ग्राहकबर्गहरुको सहभागिता रहेको थियो । बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट सूरु भएको ¥याली चावाहिल, महाराजगंज, कमल पोखरी, कलिका स्थान, न्यूरोड, कालीमाटी, बल्खु, कीर्तिपुर, पाङ्गा, धोबीघाट, पुुल्चोक, गाःबहाल, शंखमुल, तिनकुने, शान्तिनगर, गौशाला हुदैँ पूनः गैह्रिधारामा आएर समापन भएको थियो ।

बैंकले आफ्नो दशौ वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने जनाएको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank