“सनराइज बैंकद्धारा सुरक्षित अनलाइन कारोवार (Verified by Visa) सेवा शुभारम्भ”

सनराइज  बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासंग सहकार्य गर्र्दै Verified by Visa (VbV) सेवा संचालनमा ल्याएको छ ।

Verified by Visa (VbV) सेवा मार्पmत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ । यस सेवामार्फत ग्राहकवर्गले सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी (Online Purchase/E-commerce) गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा One Time Password (OTP) प्राप्त गर्नेछन् र सोहि  (OTP)  मार्फत मात्र कारोवार सफल हुनेछ , जसकारण कारोवार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुनेछ ।

सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा Verified by Visa (VbV) संचालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ र यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क लाग्ने छैन ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Troll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank