सनराइज बैंक र भारतको BLK Super Speciality र Nanavati Super Speciality हस्पिटल बिच सम्झौता

काठमाडौं फाल्गुन २८, २०७५ । ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सन्राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित BLK Super SpecialityNanavati Super Speciality हस्पिटल सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । सो सम्बन्धि सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक श्री सुनिल कपूरले मंगलबार हस्ताक्षर गर्नुभयो ।

BLK Super SpecialityNanavati Super Speciality हस्पिटल भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु हन् जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । उक्त सम्झौता अनुसार सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड  ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस योजनाले सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ छ ।
 
 
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank