सनराइज बैंक लिमिटेडको तेह्रौं शाखारहित बैंकिङ्ग सेवा सरमुजुवा–८,बंकुल,रौतहटमा

प्रेस विज्ञप्ति
काठमाडौं मंसिर २१, २०७३ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा सरमुजुवा गा.वि.स. वडा नं. ०८, बंकुल, रौतहट जिल्लामा शुरू गरेको छ । बैंकको गौर शाखाका प्रमुख श्री बिपत चौधरीको उपस्थितिमा भुतपूर्व न्यायधिश देवशरण प्रसाद चौधरीले आज आयोजित एक समारोहका बीच पानसमा बत्ति बाली यस बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नु भयो ।
 सो अवसरमा बैंकको गौर शाखाका प्रमुख श्री बिपत चौधरीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि श्री खुरसैद खाँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank