सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण

काठमाडौं फाल्गुन २९, २०७५ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादव लगायत स्थानीयबासिहरुको उपस्थिती रहेको थियो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank