गभर्नरवाट सनराइज बैंकको अध्यक्ष मोतीलाल दुगडलाई सपथ ग्रहण

ठमाण्डौं माघ १,२०७५ । नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा. चिरंजीबि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । श्री मोतीलाल दुगड गत पौष २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतवाट अध्यक्ष चुनिनु भएको हो । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रीमान् चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता श्री नारायण प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु लगायत सन्राइज बैंकका नवनिर्वाचित संचालक श्रीमती शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, नायव महाप्रबन्धकद्धय श्री अपछकुमार यादव र श्री रविन नेपाल तथा कम्पनी सचिव श्री ईश्वरकुमार पाठक उपस्थित रहनु भएको थियो ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank