सनराइज बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं पौष २९,२०७५। सनराइज बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७५ पौष २९ गते बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न भयो । उक्त साधारण सभाले बैंकको हालको चुक्ता पूँजीको ११.५० प्रतिशतको दरले नगद लाभांश रु. ९३,७५,४३,९२२/८७ (अक्षरेपी त्रियानब्बे करोड पचहत्तर लाख त्रिचालीस हजार नौ सय बाईस रुपैयाँ सतासी पैसा मात्र) (लाभांश कर लाग्ने भएमा सो सहित) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाबाट संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक श्री मोतीलाल दुगड, श्री मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित हुनुभयो साथै सोही साधारण सभाबाट सर्वसाधारण समूह ‘ख’ तर्फबाट ३ जना सञ्चालक श्री शैलेन्द्र गुरागाई, श्रीमती शारदा शर्मा पुडासैनी र श्री दीपक नेपाल निर्वाचित हुनुभयो । साथै संचालक समितिको तर्फबाट श्री मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ  ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank