थप पाँच शाखा सहित सनराइज बैंक १०० भन्दा बढी स्थानहरुमा

काठमाडौं कातिक १९ ,२०७५ ।  सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा मिति २०७५/०७/१९ गते काठमाडौंको मनमैजु, बाँकेको कोहलपुर र स्याङजाको वालिङ्गमा शाखा संचालन गरेको छ । सोमबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मनमैजु शाखा संचालक समितिका सदस्यहरु डा. श्री भोगेन्द« गुरागाई र ई. श्री बच्छराज तातेडज्यूले उद्घाटन गर्नुभयो । यसै क्रममा कोहलपुर शाखा, कोहलपुर नगरपालिकाका मेयर श्री लुत बहादुर रावत तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र वालिङ्ग शाखा वालिङ्ग नगरपालिकाका मेयर श्री दिलिप प्रताप खाँड र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष श्री शोभाकान्त पौडेलले संयुक्त रुपमा गर्नुभयो । साथै आइतबार, टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका कैलालीमा आफ्नो शाखाहरू बिस्तार गरेको छ । टिकापुर शाखाको उद्घाटन टिकापुर नगरपालिका मेयर श्री तपेन्द्र रावलले, उप–मेयर श्रीमती केशरी विष्ट रावल र बैंकका नायव महाप्रबन्धक श्री रविन नेपालको उपस्थितीमा गर्नुभयो । सोहि दिन लम्की चुहा नगरपालिका मेयर श्री महादेव बजगाइ र बैंकका नायव महाप्रबन्धक श्री रविन नेपालले लम्की शाखाको उद्घाटन गर्नुभयो ।
 
उक्त शाखारूको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु'याउने उद्देथ्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु'याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १११ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank