सनराइज बैक लिमिटेडले अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याजदर दश प्रतिशत

काठमाडौं र्कािर्तक ४,२०७५
सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । “सनराइज डिबेञ्चर २०८०” (ऋणपत्र) जारी गर्न बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भोला प्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गर्नुभयो । पाँच बर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रले बार्षिक दश प्रतिशत ब्याज प्रदान गर्नेछ भने भुक्तानि अर्धबार्षिक रुपमा हुनेछ ।   
बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट ( उचष्खबतभ उबिअझभलत ) मार्पत बिक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिनेछ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । असोज मसान्तमा बैंकको कुल निक्षेप  ७५.७९ अर्ब रहेको छ भने कुल कर्जा ६६.८२ अर्ब रहेको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank