सनराइज बैंक लिमिटेडको अत्तरखेल शाखा स्थानान्तरण

काठमाडौं आश्विन २८, २०७५ । सनराइज बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर न.पा. वडा नं. ८, अत्तरखेल स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ३५ मि. को दुरीमा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रमका बीच संचालक समितिका सदस्य डा. भोगेन्द« गुरागाईज्यूले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गर्नुभयो । उक्त उद्घाटन  समारोहमा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादव, श्री रविन नेपाल, सहायक महाप्रबन्धक श्री सर्वेन्द मिश्र लगाएयत  बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ९७ वटा शाखा, ११० वटा एटिएम, २४ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।


 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank