सनराइज बैंक लिमिटेडको थप दुई शाखा विस्तार

काठमाडौं आश्विन २६,२०७५ । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बझाङको चैनपुर र जुम्लामा शाखा संचालनमा ल्याएको छ । शुक्रबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच चैनपुर शाखाको जय पृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्का तथा जुम्ला शाखाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले उद्घाटन गर्नुभयो ।
 
यो समेत गरी बैंकको शाखा संख्या ९७ वटा पुगेको छ । साथै बैंकको नेपाल अधिराज्य भर ११० वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank