सनराइज बैंक लिमिटेडको थप चार शाखा

काठमाडौं आश्विन २१,२०७५। सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा मिति २०७५/०६/२१ गते सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा संचालन गरेको छ । आइतबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार शाहज्यूले संयुक्त रुपमा तथा प्रीति शाखाको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनवारले उद्घाटन गर्नुभयो । साथै २०७५/०६/१९ गते शुक्रबार काभे्रको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा पनि बैंकले आफ़्नो शाखा बिस्तार गरेको छ । महाभारत शाखाको उद्घाटन महाभारत गाँउपालिकाका अध्यक्ष कान्छा लाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले  संयुक्त रुपमा गर्नुभयो ।
 
यो समेत गरी बैंकको शाखा संख्या ९५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर १०८ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank