सनराइज बैंक लिमिटेडद्धारा वीरायतन नेपाललाई सहयोग

काठमाडौं, आश्विन ७,२०७५ । सनराइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले अनाथ तथा असाहाय बालबालिकाहरुको संरक्षणको निम्ति काम गर्दै आईरहेको सानेपा, ललितपुरमा अवस्थित गैर सरकारी संस्था वीरायतन नेपाललाई रु. ५००,०००।– नगद सहयोग प्रदान गरेको छ । उक्त संस्थामा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–शुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडले हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा बैंकका संचालकहरु ई. श्री बच्छराज तातेड्, श्री ज्योति कुमार बेगानी, श्री ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीको  लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा परम् पुज्य साद्वी श्री शीलापि जी महाराज ज्यूले सनराइज बैंकको सहयोगका लागी धन्यवाद ज्ञापन गर्नुभयो ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank