सनराइज बैंक लिमिटेडको दुईवटा शाखाहरु स्थानान्तरण

काठमाडौं श्रावण २७, २०७५ । सनराइज बैंक लिमिटेडले लम्जुड्ड जिल्ला, वेसिशहर न.पा. वडा नं. ८, झ्याड्ड खोला स्थित वेसिशहर शाखा (साविकको स्थानबाट करिव १५० मि. को दुरी तथा लम्जुड्ड जिल्ला, सुन्दरबजार न.पा. वडा नं ०७, तल्लोबजार स्थित सुन्दरबजार शाखा साविकको स्थानबाट करिव २० मि.को दुरीमा शाखा कार्यालय स्थानान्तरण गरेको छ । आईतबार एक कार्यक्रम बीच लमजुङ्ग उद्योग वाणिञ्ज संघका प्रथम उपाध्यक्ष श्री रामबाबु श्रेष्ठ, सुन्दरबजार सामुदायिक अस्पतालका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक श्री सर्वेन्द« मिश्रले संयुक्त रुपमा सुन्दरबजार शाखाको उद्घाटन गर्नुभयो । साथै वेसिशहर शाखाको उद्घाटन वेसिशहर न.पा.का मेयर श्री गोमान सिंह आर्यालले बैंकका  सहायक महाप्रबन्धक श्री सर्वेन्द« मिश्रको उपस्थितीमा गर्नुभयो । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ९१ वटा शाखा, १०६ वटा एटिएम, २३ वटा शाखारहित बैंकिङ्ख सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
 
 
 
 
 
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank