सनराइज बैंकका ग्राहकहरुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुमा स्वास्थ्य परीक्षण गराउँदा २० प्रतिशत सम्म विशेष छुट

यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाईट wwww.sunrisebank.com.np मार्फत प्राप्त गर्न सकिनेछ ।
उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकवाट रु १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा तथा रु ५ लाख सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।








