सनराइज बैंक लिमिटेडको कलंकी शाखा स्थानान्तरण

काठमाडौं आषाढ  ३१, २०७५ । सनराइज बैंक लिमिटेडले कलंकी शाखालाई काठमाडौं जिल्ला, कलंकी वडा नं. १४ (साविकको स्थानबाट करिव ५० मि.को दुरी) मा स्थानान्तरण गरेको छ । आईतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यको उपस्थितिमा बैंकका संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड र श्री ज्योति कुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो ।  बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।
 
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ९० वटा शाखा, १०० वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank