सनराइज बैंक लिमिटेडको शाखा चन्दनिगाहपुरमा

काठमाडौं जेष्ठ २८ ,२०७५ । सनराइज बैंक लिमिटेडले रौतहटको चन्दनिगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालय मिति २०७५/०२/२८ गते सोमबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक श्री रबिन्द महर्जन, बैंकका संचालकद्धय श्री ई.बच्छराज तातेड र श्री ज्योति कुमार बेगानीले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यको उपस्थितिमा उद्घाटन गर्नुभयो । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ ।
 
साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank