सनराइज बैंक लिमिटेडको एटिएम सिटी भ्यू अपार्टमेन्ट्स, सानेपामा

काठमाडौं जेष्ठ २५, २०७५ । सनराइज बैंक लिमिटेडले सिटी भ्यू अपार्टमेन्ट्स,सानेपामा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य उपस्थितिमा बैंकका संचालक श्री ओम कृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष श्री मीन मान श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९७ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Troll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank