सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा चक्करघातीमा

काठमाण्डौं बैशाख २१, २०७५ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु-याउँदै जाने उद्धेश्यका साथ आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६, मुनाल चोक, चक्करघातीमा शुरू गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष  श्री सुरेन्द्र प्रसाद गुप्ताले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन श्री सुरेन्द्र प्रसाद गुप्ता र झुम्का शाखाका प्रवन्धक श्री नबिन कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । साथै बैंकको झुम्का शाखाका प्रवन्धक श्री नबिन कुमार झाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २१ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।



 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank