सनराइज बैंक लिमिटेडको दुहवी शाखा स्थानान्तरण

काठमाडौं बैशाख २३, २०७५ । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ (साविकको स्थानबाट करिव ५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर श्री वेद नारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष श्री उमेश गोश्वानीले संयुक्त रुपमा दुहवी शाखाको समुद्घाटन गर्नुभयो । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Troll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank