सनराइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

काठमाडौं, बैशाख १०,२०७५ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५  वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकका गःबहाल शाखाका ग्राहक श्री राजेन्द्र बज्रचार्यको खुट्टा फ्याक्टर् भई शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रु. २१,१९९.०० बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी र नायब महाप्रबन्धक श्री अपछ कुमार यादबले श्रीमती मैया बज्रचार्यलाई प्रदान गर्नुभयो ।

सनराइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank