सनराइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

काठमाडौं, बैशाख ०६, २०७५ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५%  वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक श्रीमती सानु मैंया राइठोरको मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रु. १२,०००/– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले बैंकको केन्दय कार्यालय, गैरीधारामा प्रदान गर्नुभयो ।

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA
Toll Free # 16600122444

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank