सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा छम्पीमा

                                                                                                                                               
काठमाण्डौं माघ ३, २०७४ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २० औँ शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिका, वडा नं ९ का अध्यक्ष  श्री आत्माराम थापाले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट /प्रतिनिधि श्री राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन श्री आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक श्री कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । साथै बैंकको भैँसीपाटी शाखाका प्रवन्धक श्री कमल बाबु सिम्खडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २० पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।
 
 
 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank