सनराइज बैंक लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ र्कािर्तक १५, २०७४। सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको प्रधान कार्यालय तथा मुख्य शाखा गैह्रीधारामा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यद्घय डा. दीपकप्रसाद भट्टराई तथा श्री ज्योति कुमार बेगानी, बैंक ब्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उल्लेख्य सहभागिता थियोे । कार्यक्रममा ८६ जना व्यक्तिहरुले रक्तदान गर्नुभयो र कुल ८६ पिन्ट्स रगत संकलन गरिएको थियो ।
बैंकले आपनो वार्षिकोत्सवको अवसरमा “रक्तदान गरौ, आजै गरौं”, निरन्तर गरौं” भन्ने नारालाई आत्मसाथ गरी उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । साथै बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै वाग्मती सरसफाई कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, बृद्घाश्रम तथा अनाथालयलाई आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गरी गत एक महिना देखि मनाउँदै आएको छ ।

 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank