सनराइज बैंक लिमिटेडको प्रेस विज्ञप्ती

सनराइज बैंक लिमिटेडको मिति २०७३ कार्तिक ७ गते सम्पन्न नवौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम बैंकको शेयरधनीहरुको रुपमा मिति २०७४/०१/२९ गते सम्म कायम रहेका शेयरधनीहरुका लागि दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा प्रति शेयर मूल्य रु. १००/- अंकित दरको १,६३,५९,६३६ कित्ता हकप्रद साधारण शेयर निष्काशन गरिएकोमा हकप्रद शेयर निष्काशन बन्द हुने मिति २०७४/०३/१९ सम्ममा रितपूर्वक प्राप्त आवेदन दिने ७१,६१३ जना शेयरधनीहरुलाई १,५६,४६,२९४ कित्ता शेयर मिति २०७४/०३/३० मा बसेको संचालक समितिको निर्णयानुसार बाँडफाँड गरिएको छ । हकप्रद शेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी रु. ७ अर्ब २ करोड पुगेको छ। साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पु¥्याउने लक्ष लिईएकोमा सो बमोजिम बैंकको चुक्ता पूँजी कायम रहनेमा हामी विश्वस्त रहेका छौं ।     



 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank