बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी

काठमाडौं, आषाढ २९, २०७४ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था”  प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा रु. ५ लाखमा नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।
यस बैंकका निक्षेप ग्राहक श्री भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापा जिल्ला, बिर्तामोड न.पा. वडा न ६ वस्ने श्री हरि तिम्सिनाको सडक दुर्घटनामा परि निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बैंकको सुरुङ्गा शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५,००,००० ।– बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक श्री प्रमोद कुमार दासले मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गर्नुभयो ।


 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank