बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी

काठमाडौं, श्रावण ५, २०७४ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था”  प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिनेछ ।
यस बैंकका निक्षेप ग्राहक श्री महादेव लाल देवकी छोरी, श्री परमेश्वर देव वैश्यकी श्रीमती, विसहरिया–४, सप्तरी निवासीे श्रीमती मालती देवी वैश्यको सडक दुर्घटनामा परी निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बैंकको न्यूरोड शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु.१,४९,२९१ ।– बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका न्यूरोड शाखाका शाखा प्रबन्धक श्री प्रितमलाल श्रेष्ठ द्घारा मृतकका श्रीमान श्री परमेश्वर देव वैश्यलाई हस्तान्तरण गरियो ।

 

How to use ATM
Contact Us

P.O. Box: 15203

Gairidhara Crossing, Kathmandu, Nepal

Tel: 4004560, 4004561, 4004562

Fax: 977-1-4422475

Email: info@sunrisebank.com.np

SWIFT: SRBLNPKA

Social Networks

Online Payment Partner

Subsidiary of Sunrise Bank